
साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशमा जारी खेलमा नेपालले भुटानलाई ८–० ले हराएकाे छ । बंगलादेशको बसुन्धरा किङ्स एरिनामा भएको खेलमा नेपालले भुटानलाई ८–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।
भुटानविरुद्धकाे खेलमा फराकिलो जित निकाल्दै नेपालले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि दाबेदारी बलियो बनाएको छ । खेलमा नेपालको जितमा पूर्णिमा राई र मिना देउवालले ह्याट्रिक गोल गरेका थिए ।
त्यसैगरि कुसुम खतिवडा र समीक्षा मगरले एक–एक गोल गरेका थिए । नेपालले यसअघि भएको चार खेलमा तीन जित र एक खेलमा हार बेहोरेको थियाे । नेपालले अब अर्को खेल जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ भने प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ ।