Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पहिरोले घर पुरिँदा वृद्ध दम्पती बेपत्ता

०५ आइतबार , श्रावण २०८२२ महिना अगाडि

पहिरोले घर पुरिँदा वृद्ध दम्पती बेपत्ता

गएरातिकाे अविरल वर्षापछि गएकाे पहिराेमा परि एक वृद्ध दम्पती बेपत्ता भएका छन् । रातिदेखि परेको अविरल वर्षापछि बिहान घरमाथिबाट खसेको पहिरोमा परि ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती विश्वकर्मा पुरिएर बेपत्ता भएका हुन् ।

अविरल वर्षाका कारण पर्वतको मोदी गाउँपालिका-३, देउरालीस्थित लाङ्दीमा वृद्ध दम्पतीकाे पहिराेले पुरिएकाे हाे । सोही घरमा रहेकी ३२ वर्षीया बुहारी पवित्रा विश्वकर्माले भने भागेर ज्यान जोगाउन सफल भएकी छन् ।

पवित्राले भने पहिरो खस्न लागेको थाहा पाउनासाथ हाम फालेर ज्यान बचाए पनि वृद्ध दम्पती भने पहिराेमा परि बेपत्ता भएकाे बताइएकाे छ भने डिमुवा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरे पनि लगातारको वर्षा र ठाउँठाउँमा खसेको पहिरोले बाटो अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भएको र हाल स्थानीयवासी बेपत्ता दम्पतीको खोजीमा जुटेकाे बताइएकाे छ ।

गत वर्ष पनि सोही ठाउँमा पहिरो गएको थियाे भने अहिले अविरल वर्षाले उक्त क्षेत्रका खोला तथा नदीहरूमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेकोले स्थानीय प्रशासनले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।