Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

डाइभर्सनमा क्षति, मेची राजमार्ग अवरूद्ध

०५ आइतबार , श्रावण २०८२२ महिना अगाडि

डाइभर्सनमा क्षति, मेची राजमार्ग अवरूद्ध

पाँचथरमा बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि मेची राजमार्ग अवरूद्ध भएको छ । पाँचथरको हेवा खोलाको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि राजमार्ग अवरूद्ध भएको हाे ।

वर्षासँगै आएको बाढीले बेलिब्रिज बगाउनुका साथै बन्दै गरेको मोडुलब्रिज पनि भाँचिएपछि डाइभर्सनमा क्षति पुगेको बताइएकाे छ । राजमार्ग अवरूद्ध भएपछि अहिले ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ ।

अविरल वर्षापछिकाे बाढीका कारण तमोर करिडोर, मध्यपहाडी लोकमार्ग, फिदिम फालोट सडक खण्डसमेत अवरुद्ध भएको छ । त्यसैगरि बाढीका कारण रवि–दमक सडक खण्डमा पनि सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी कौशल बुढाथोकीका अनुसार जिल्लाका अन्य ठाउँमा पनि सडक अवरूद्ध भएको बताइएकाे छ ।