Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

कारमा ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय घाइते

०५ आइतबार , श्रावण २०८२४ महिना अगाडि

कारमा ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय घाइते

आज नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै कारमा ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय घाइते भएका छन् । भारतीय नम्बर प्लेट युपी ८० जिपी २९२८ नम्बरको कारमाथि ढुङ्गा खसेर लाग्दा उनिहरू घाइते भएका हुन् ।

ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जनाएका छन् । घाइतेहुनेहरूमा भारतको आग्रह बस्ने ४२ वर्षीय रतेन्द्र यादव, सोही स्थानका ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव रहेका छन् ।

घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेकाे प्रहरीले जनाएकाे छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय कारमाथि दिउँसो ढुङ्गा खसेर लागेको थियो । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको जनाइएको छ ।