Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

असोज २५-२६ मा एनआरएनकाे लगानी सम्मेलन हुने

०६ सोमबार , श्रावण २०८२४ महिना अगाडि

असोज २५-२६ मा एनआरएनकाे लगानी सम्मेलन हुने

गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले असोज २५-२६ (अक्टोबर ११ र १२) मा लगानी सम्मेलन गर्ने भएकाे छ । संघकाे अन्तर्राष्ट्रिय समन्वय परिषद्ले काठमाडौँमा एनआरएन लगानी सम्मेलन (एनआरएन इन्भेष्मेन्ट समिट) आयोजना  गर्ने भएको हाे ।

एनआरएन आईसीसीका अध्यक्ष महेशकुमार श्रेष्ठको अध्यक्षतामा बसेको पाँचौँ बैठकले एनआरएन दिवसको अवसर पारेर काठमाडौँमा सम्मेलन गर्ने निर्णय गरेको आईसीसीका महासचिव बाबुराम लामाले जानकारी दिएका छन् । त्यस्तै अक्टोबर ११ तारिखकै दिन म्याराथन पनि आयोजना गर्ने र त्यसका लागि उपाध्यक्ष मनोज श्रेष्ठलाई संयोजक तोक्ने निर्णय भएको समेत बताइएकाे छ ।

संघकाअनुसार नेपाल सरकारका विभिन्न निकायहरू तथा निजी क्षेत्रका प्रमुख संस्थाहरूसँग सहकार्य गरी सम्मेलन आयोजना गरिने र सम्मेलनले नेपालको आर्थिक समृद्धिको लक्ष्यमा योगदान गर्नुका साथै गैर आवासीय नेपालीलाई नेपालमा लगानीको वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएकाे छ ।