
साफ यु-२० महिला च्याम्पियनसिपको उपाधिका लागि आज साँझ पौने ७ बजे नेपाल बंगलादेशसँग भिड्दै छ । बंगलादेशको बसुन्धरा किङ्स एरिनामा संचालित खेलमा नेपाल र घरेलु टोली बंगलादेशबीच कडा प्रतिस्पर्धा हुन लागेकाे हाे ।
नेपाल,भुटान,श्रीलंका र बंगलादेश गरि चार टोली सहभागी साफ यु-२० महिला च्याम्पियनसिप डबल राउन्ड रोबिन लिगका आधारमा भएकाले प्रतियोगितामा फाइनलको छुट्टै व्यवस्था छैन । लिग चरणको समाप्तिपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोली स्वतः च्याम्पियन घोषित हुनेछ ।
अहिलेसम्मकाे खेलमा बंगलादेश ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपालले ४ खेलबाट १२ अंक जोडेको छ । अब उपाधिका लागि यिनै दुई राष्ट्र मात्र बाँकी छन् भने भुटान र श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेका छन् ।