
नेपाल प्रहरीका ११ जनालाई एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा सिफारिस गरिएको छ । प्रहरीका ११ एसपी (प्रहरी उपरीक्षक)लाई एसएसपीमा बढुवा सिफारिस गरिएको हाे ।
गृह मन्त्रालय, बढुवा समिति सचिवालयको बैठकले जनपद प्रहरी समूहतर्फका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस हुनेमा तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधी ज्ञवाली, दीपक पोखरेल, प्रवीण धिताल, राजीव बस्नेत रहेका छन् ।
त्यसैगरि अन्य बढुवा सिफारिसमा दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुयाल रहेका छन् । उनीहरुलाई प्रहरी नियमावली, २०७१ को नियम (२७) को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जनाएका छन् ।