Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

चितवनमा गाडीकाे ठक्करबाट पैदल यात्रीको मृत्यु

०७ मंगलबार , श्रावण २०८२२ महिना अगाडि

चितवनमा गाडीकाे ठक्करबाट पैदल यात्रीको मृत्यु

चितवनकाे खैरहनी नगरपालिकामा गाडीकाे ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । गाडीकाे ठक्करबाट पर्साको वीरगञ्ज महानगरपालिका-११ का ३१ वर्षीय राम अवतारको भएकाे हाे ।

गएराति चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ च ६६१० नम्बरको बोलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जनाएका छन् ।

प्रहरी नायब उपरीक्षक खनालका अनुसार गएराति बोलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको र ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै मृत्यु भएको बताइएकाे छ ।

ठक्कर दिने बलेरो र चालक प्रहरीको नियन्त्रणमा छन् ।