Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पुलबाट कालीगण्डकी नदीमा खसेका युवाको जीवितै उद्धार

०७ मंगलबार , श्रावण २०८२२ महिना अगाडि

पुलबाट कालीगण्डकी नदीमा खसेका युवाको जीवितै उद्धार

झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका युवाको जीवितै उद्धार गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२, स्थित खन्ती–सौरु जोड्ने निर्माणाधीन झोलुङ्गे पुलबाट खसेका युवाको जीवितै उद्धार गरिएको हो ।

पुलबाट थासाङ गाउँपालिका–१, टुकुचे बस्ने २० वर्षीय युवक पेम्बा शेर्पा खसेका हुन् । शेर्पाको कोवाङ प्रहरी चौकीका सुरक्षाकर्मी र थासाङ गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीले संयुक्त रुपमा उद्धार गरेको हुन् ।

कालीगण्डकी नदीमाथि ५ सय ७० मिटर लम्बाइको झोलुङ्गे सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले  निर्माण गरेको र पुलको दायाँबायाँ तर्फ बार लगाउन बाँकी रहेको थियो । उक्त पुलबाट सौरु गाउँतर्फ सामान पु–याउने क्रममा अचानक शेर्पा कालीगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीले जानकारी दिएका छन् ।

सकुशल उद्धार गरिएका शेर्पाको अनुहार र शरीरका विभिन्न भागमा चोटपटक लागेको बताइएको छ । घटनाको सूचना चाँडो प्राप्त भएकाले सकुशल उद्धार गरन सम्भब भएको र घाइते शेर्पालाई उपचारका लागि थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएकोमा थप उपचारका लागि हेलिकोप्टरबाट पोखराको मणिपाल शिक्षण अस्पताल पठाउने तयारी भइरहेको बताइएको छ ।