Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

मुलुकभर आंशिक बदलीसँगै हल्कादेखि मध्यमसम्म वर्षा हुने

०८ बुधबार , श्रावण २०८२४ महिना अगाडि

मुलुकभर आंशिक बदलीसँगै हल्कादेखि मध्यमसम्म वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव रहेकाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रहनुका साथै बाँकी प्रदेशमा आंशिक बदलीका हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुासर मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेका कारण अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको बताइएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ भने कोशी, बागमती र गण्डकीलगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । त्यस्तै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनुका साथै सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाकाे भनाइ रहेकाे छ । त्यसैगरि बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताउँदै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेकाे छ ।