Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

बाढीले तमोर नदीको रानी पुल बगायाे

०८ बुधबार , श्रावण २०८२२ महिना अगाडि

बाढीले तमोर नदीको रानी पुल बगायाे

अविरल वर्षासँगैकाे बाढीले तमोर नदीको रानी पुल बगाएकाे छ । वर्षाले सदरमुकाम फुङलिङबाट उत्तरी क्षेत्रमा रहेको फक्ताङलुङ गाउँपालिका–५, तापेथोक र वडा नम्बर ६ लेलेप जोड्ने तमोर नदीको रानी पुल बगाएको हाे ।

हाइड्रोका प्रबन्धक मुकुन्द पोख्रेलका अनुसार बिहान ठूलो बाढी आएपछि ५ करोड रुपैयाँको लागतमा रेमिट हाइड्रोले बनाएको पुल बगाएको हाे । हिजो वेलुकादेखिनै वर्षा भइरहेको तमोर, घुन्सा र हेल्लोक तीनवटै खोलामा ठूलो बाढी आएको बताइएकाे छ ।

अविरल वर्षाकाे कारण खोलामा ठूलो बाढी आएको र बिहान ४ बजेतिर पुल बगाएको स्थानीयले बताएका छन् । अविरल वर्षाले हेल्लोक सिम्बुवा खोलामा बाढी आउँदा तमोर खोलाको बहाव बढेको र उत्तरदक्षिण लोकमार्ग रानी पुल बेलिब्रिज बगाएपछि आवतजावत अवरुद्ध भएको बताइएकाे छ ।