Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

रूकुममा जङ्गली च्याउ खाँदा दुईको मृत्यु दुईजना बिरामी

०८ बुधबार , श्रावण २०८२२ महिना अगाडि

रूकुममा जङ्गली च्याउ खाँदा दुईको मृत्यु दुईजना बिरामी

रूकुममा जङ्गली च्याउ खाँदा दुईजना दिदि भाइको मृत्यु हुनका साथै दुईजना आमा छोरी बिरामी परेका छन् । रूकुमपूर्वको भूमे गाउँपालिका–५, सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका ३ वर्षीय योजन विक र ७ वर्षिया भाग्यरेखा विकको मृत्यु भएको हो ।

जङ्गली च्याउ खाएर बिरामी परेपछि ३ वर्षीय योजनको सल्यान जिल्ला अस्पताल र ७ वर्षिया भाग्यरेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको रूकुम पूर्व प्रहरीले जनाएको छ ।

त्यसैगरि जङ्गली च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकको भेरी अस्पताल नेपालगञ्जमा र उनीहरूकी आमा ३५ वर्षीय राजकुमारी विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको बताइएको छ । साउन २ गते जंगली च्याउ खाएका उनीहरु बिरामी परेपछि ३ गते उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो ।