Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सुनको मूल्य बढ्यो तोलाको झन्डै दुईलाख

०८ बुधबार , श्रावण २०८२८ महिना अगाडि

सुनको मूल्य बढ्यो तोलाको झन्डै दुईलाख

केहि समयदेखि उकालो लागिरहेको सुनको मूल्य झन्डै दुईलाखाको हाराहारीमा पुगेको छ । पछिल्लो समय १ लाख ९५ हजार ५ सय रुपौयाँमा कारोबार भएको सुनको मूल्य आज २ हाजर १ सयले बढेर १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार १ सयले बढेको छ भने १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन मंगलबार सुन १ लाख ९५ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि ३० रुपौयाँले बढेर २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी २ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।