
पोल्यान्डमा हालै भएको ३४ सौ पोल्यान्डमा हालै भएको ३४ सौ अन्तर्राष्ट्रिय हास्य सम्मेलनमा हास्यब्यङ्ग्यकार रामकुमार पाँडेको संभाषण
३४ सौ अन्तारास्टृय हास्य सम्मेलन समापनमा नेपालको सहभागिका नाताले बन्क्वैटमा देश देशका २०० विशिष्ट सहभागि समक्ष प्रस्तुत संभाषणको प्रमुख अन्स यहाँ प्रस्तुत छस्
अध्यक्ष महोदय,मान्यवर अतिथिहरु, हास्य स्रस्टा, ब्यङ्ग्य चित्रकार, प्रहशन कलाकार, मित्रवत देशका प्रतिनिधिहरु महिला तथा सज्जनबृन्द१
सर्वप्रथम अन्तारास्टृय हास्य अध्ययन समाजलाइ यो बिशिस्ट ब्यक्तित्व माझ केही शब्द अभिब्यक्त गर्ने अवसर दिएकामा धन्यबाद अर्पण गर्दछु।
म संसारको सर्वोच शिखरको काख बाट आएको जहाँ शान्तिका दूत बुद्धको जन्म भएको थियो ।नेपाल बिशिस्ट त्रिकोण युक्त ध्वजा भएको बिस्वकै बहादुर गोरखालिको प्रशिद्ध देश हो। नेपाल शान्ती क्षेत्र घोषणा भएको देश हो। नेपाल जहा बैदिक सनातन बौद्धिक अभ्यास हुन्छ। आर्थिक रुपले गरीव भए पनि नेपाल संस्कृती र खोजि नगरिएको खजानाको भण्डार भएको देश हो।
नेपाली जनता हास्यप्रीय छन। आर्थिक रुपमा गरीव भए पनि उनिहरु मुस्काउछन र मनोरन्जनात्मक चाडपर्व मनाएर जीवनमा खुशी रहन्छन। मेरो जीवन कालमा देखेको नेपाली हास्यको अनुभवको रुपरेखा कोर्ने प्रयास गर्दछु।
हास्य लेखकका रुपमा मैले ६५ वर्ष अघि देखि मेरो उमेर ७९ पुग्दा सम्म लेख्दैछु। मेरो जन्मोत्सव असार २५ मा हो।यो बर्ष मेरो सर्व सुखद जन्मोत्सव मैले मनाउदै छु। कारण अङ्रेजी पी पी पीले तीन पटक पी प्रोफेसर पाँडे पोल्याण्डमा जन्मोत्सव मनाउदै छु।मैले नेपालमा दर्जनौ हास्य पुस्तक लेखेको छु। म मैले बयक्तिक ट्रेडमार्क अर्थात पेटेन्ट ब्राण्ड पाँडेपुराण अन्तरगत लेख्दछु। मैले ३५ बर्ष हास्यब्यङ्ग्य समाज नेपाल हासनेको संस्थापक अध्यक्ष भएर काम गरे। म हास्य र कमिक कलाको अमेरिका बाट प्रकाशित हुने जर्नलको सम्बधनमा थिए। समाजका अनेकौ बिकृतिको बिरोधमा म सङ्घर्षरत छु। नेपालका जनता र केहि बिदेशिमित्रहरुले म हास्य लेखक र हास्य प्रवर्द्धक भनि चिन्दछन। मैले इन्टरनेशनल सोसाइटी अफ ह्युमर स्टडिजको सम्मेलन अस्ट्रेलिया, जापान र इटालिमा भाग लिएको छु। मैले मेरो देशको सम्मानजनक धेरै पुरस्कार र सम्मान हास्यमा योगदान गरे बापत पाएको छु। संभवत एउटा दुर्गम र बिकासोन्मुख देशको कारण मेरो लेखन बाहिर अत्यल्प र अनभिज्ञ भएको छ। सत्यतस् नेपाल सुन्दर र प्राकृतिकका साथै सास्कृतिक रुपमा र स्रोतपूर्ण छ जहाँ भ्रस्ट राजनीतिक अपराधिक नेताले शासन गरिरहेछन। यसैकारण हास्य स्रस्टा सबैले तिनिहरु माथि अक्रमण गर्दछन। खास गरि जनता हास्य र ब्यङ्ग्यलाइ प्रेमपूर्वक ग्रहण गर्दछन। राजनीतिक ब्यङ्ग्य लेखनमा र कार्टून, प्रहशन र प्रदर्शन समेत भएका छन। नेपालमा कार्टून प्रकाशन दैनिक पत्रिकामा, हास्य साहित्य साहित्यको पत्रिका र प्रहशन मन्चनमा प्रमुख र प्रशिद्ध भएका छन। साथै बर्सेनि ब्यङ्ग्यमा हास्य धून जनस्तरमा रहेको छ। हाम्रो विशिष्ट हास्य चादिनेबारे गाइजात्रा हो। यो चाड ३०० बर्ष भन्दा अघि देखि हास्यब्यङ्ग्य चाडको झाकिका रुपमा गाइजात्रा पर्व नगर, गल्ली, मूलबाटो र चोक तिर झाकी ल्याइन्छ। यसको उत्पती तात्कालिक राजा सङ्ग सम्बद्ध छ। बिफरको कारणले बालक राजकुमारको निधन भयो। यसले रानिमा गहिरो आघात पर्यो। राजाले रानी रुन बाट छुटाउन सकेनन। राजाले संझाउदै यस्तो स्थिति हाम्रो मात्र हैन धेरै जनताको छ। तर संझाउन कठिन भयो। राजाले मृतकको घर घर बाट झाकी ल्याएर रानिलाइ सान्त्वना दिन आग्रह गरे। यस्को झाकिले रानिले कुरा बुझिन र शोकमुक्त भइन। झाकी प्रदर्शनले उनी मुस्काइन। यो जात्रा गाइजात्राका रुपमा ठूला मुख्य शहरहरुमा गाइजात्राका रुपमा भदौ तिर मनाइन्छ। यो प्रशिद्ध जात्रा युरोपको कार्निभल जस्तै छ। यो जात्रा समाजका बिकृतिलाइ हास्यब्यङ्ग्य गरि हटाउने एक प्रकारको परम्परा हो। आधुनिक समाजमा राजाले पनि हास्य संस्थागत गर्न राजकीय प्रज्ञा प्रतिस्ठानलाइ मद्दत गरेको छ। गाइजात्राको समयमा हास्य प्रदर्शन प्रज्ञा प्रेक्षालयमा हुने र राज खलक, उच पदस्थ र सरकारी अधिकारि एकसाथ अवलोकन भएको थियो। र
राजनीतिक परिवर्तन साथ यो रोकियो। प्रतियोगितात्मक प्रक्षेपणले हास्य लेखक, प्रहशन कलाकार र ब्यङ्ग्य चित्रकार प्रवर्द्धनमा सघाएको थियो। यस प्रकारको चाडपर्वले सुखपूर्वक बाच्न सघाउछ। भनिन्छ मान्छे जन्मदा आफू रुन्छ र मर्दा अरुलाइ रुवाउछ। यस बिचको समय हासेर जीवन खुशिले मनाउनुपर्छ भन्ने मान्यता छ। हाम्रो विश्व हास्य संस्था यस क्षेत्रमा तीन दशक भन्दा पहिले देखि कार्यरत छ। हास्यप्रेमी यहाँ जो जम्मा भएका छन उनिहरु मानवताको शत्रुलाइ हास्य साहित्य लेखन, कार्टून चित्रान्कन र प्रहशन प्रदर्शन द्वारा बिरोध गर्दछन।
मेरो तर्फ बाट हास्य स्रस्टाले पृथिवीबासी जनताको मुहारमा आफ्नो सिर्जना द्वारा मुस्कान ल्याउन सङ्गर्षरत रहेकामा मेरो तर्फ बाट कृतज्ञता प्रकट गर्दछु । हास्य मानव मनोबिज्ञानलाइ प्रभाव पार्न शक्तिशाली भए जस्तै यसले मानव चरित्र निर्माण र ब्यक्तित्व बिकासमा पनि प्रभाव पार्दछ। हास्यले मानवताको बिबेक र चेतना उठाउछ। यसमा एउटा बम र बन्दुकको कथा याद आउँछ। दुबै मानिस मार्नमा शक्तिशाली हुन। एकपल्ट बन्दुकले बमलाइ भन्यो, मेरो अघि त केही पनि हैनस। अनि बमले भन्यो, त मेरो अगाडि केहि पनि हैनस। दुबै झगडा गर्दै थिए। दुबै आफ्नो उचताको दम्भ देखाउदै थिए। रिसले बन्दुकले बममा सूट गर्यो। बम पड्कियो र बन्दुक पनि आगोको खरानिमा परिणत भयो।
मेरा लागि एउटि केटिको मुस्कानले घरमा सौन्दर्य ल्याउछ र एउटा केटाको मुस्कानले घरमा सुख ल्याउछ। एउटा जोडिको मुस्कानले पृथिबिको घरमा स्वर्ग ल्याउछ।यसैले हासौ र अर्कालाइ हसाऔ। मैले मेरो लेखनले र हास्यको सिर्जनात्मक कार्यले आफ्नो परिबेशमा मुस्कान ल्याउन प्रयास गर्दैछु।
मैले गत ४८ बर्ष देखि आलुपार्टी गर्दैछु। नेपाली हास्य साहित्य, ब्यङ्ग्य चित्र र प्रहशन बारे अनुसन्धान प्रकाशन गर्दैछु। मेरो प्रतिनिधिमुलक दुई ढब्बु पुस्तक निबन्ध र कविता हास्य स्रस्टालाइ प्रोत्साहन र हास्य पाठकलाइ मनोरन्जन गर्न आएको छ। हास्य प्रस्तुतिका कार्यक्रम ब्यङ्ग्यचित्र प्रदर्शन र कविता गोस्ठिले हास्य प्रवर्द्धन हुदैछ। बिद्धमान अवस्थामा टेलिभिजन कार्यक्रम र विशेष प्रकाशनमा नेपालमा हास्य पत्रिका विभिन्न संस्थाले गर्दैछन। हामिले नेपालमा हासने घर जसले हास्य केन्द्रका रुपमा विभिन्न हास्य कार्यकलाप र म्युजियमको पनि कार्य गर्ने निर्माणको सोच राखेकाछौ। तर यो अझै सपनाझै सीमित छ। यसैले नेपालमा विभिन्न हास्य कार्यक्रमका लागि हामी स्वागत गर्दछौ।
बिस्वका शहरहरुमा हासो हराउने अवस्था छ। युद्ध, हत्या र भ्रस्टाचारले समसामयिक मानिसमा दवाब पैदा भएको छ। ब्यस्त जीवन, आर्थिक समस्या र परिवेशको अभावले हास्य दुर्लभ भएको छ। यसैले हास्यलाइ पुनरजाग्रत गर्न ठट्टा रमाइलो गरौ, प्रहशन हेरौ, हास्य पुस्तक पढने र कार्टून हेरौ।
उपयोगी कथा र हास्य सामग्री बाडेर पढौ र बिस्व परिवर्तन र मानवको अनुहारमा मुस्कान ल्याउन र अध्ययन, बैठक र यात्रा बाट हाम्रो हास्य प्रयासको स्वागत गरौ। म नेपालमा अनुसन्धाता र हास्य कलाकारलाइ भ्रमणका लागि स्वागत गर्दछु र हास्य कुराहरु पत्ता लगाइ सुखपूर्वक बाच्ने कुरा खोज्न स्वागत गर्दछु।
मसङ्ग हास्य ओलम्पिकको एउटा सपना छ जुन आउदो पिढिले गर्नेछन र सबै विश्व एकसाथ हास्ने छ। यहाँ सैतिसौ अन्तारास्टृय सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्न चाहन्छु।
म भन्छु दुख खराव हो हास्नका लागि बाचौ र बाच्नका लागि हासौ। सबैले एकसाथ भनौ ह्यापी ह्युमर .