Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

तिनकुनेमा एम्बुलेन्स दुर्घटना

०९ बिहिबार , श्रावण २०८२४ महिना अगाडि

तिनकुनेमा एम्बुलेन्स दुर्घटना

काठमाडौँको तिनकुनेमा एम्बुलेन्स दुर्घटनामा परेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका-१, डुम्जाबाट बिरामीलाई काठमडाैं ल्याएर फर्किने क्रममा दुर्घटनामा परेको हो ।

काठमाडौँको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स राति दुर्घटनामा परेको थियाे । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाका अनुसार उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएको दुर्घटनामा परेको हो ।

एम्बुलेन्समा चालक मात्र रहेकाे र चालक दुर्गा कोइराला सामान्य घाइते भएको बताइएकाे छ । प्रहरीका अनुसार दुर्घटनामा परेका उनलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।