Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई दिदीबहिनी मृत फेला

०९ बिहिबार , श्रावण २०८२४ महिना अगाडि

एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई दिदीबहिनी मृत फेला

भक्तपुरमा एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई दिदीबहिनी मृत फेला परेका छन् । झुण्डिएको अवस्थामा दुई जना दिदीबहिनीकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार झुण्डिएको अवस्थामा सुर्खेत पञ्चपुरी न.पा-८, घर भई हाल मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएका किशोरीहरू १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेको जनाइएको छ ।

कँडेल दिदीबहिनी बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अहिले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।