Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

विश्वकै कमजोर सूचीमा नेपालकाे पासपाेर्ट

१० शुक्रबार , श्रावण २०८२२ महिना अगाडि

विश्वकै कमजोर सूचीमा नेपालकाे पासपाेर्ट

नेपालकाे पासपाेर्ट पुनः विश्वकै कमजोर सूचीमा परेको छ । विश्वका ९९ वटा सूचीमध्ये नेपाल ९५औँ स्थानमा परेकाे हाे ।

सन २०२५ का लागि द हेन्ली पासपोर्ट इन्डेक्सले जारी गरेको सूचीमा नेपाल ९५औँ स्थानमा परेकाे छ भने नेपालसँगै लिविया ९५औँ स्थानमा परेको छ । त्यसैगरि नेपालभन्दा पछाडि यमन, सोमालिया, पाकिस्तान, इराक, सिरिया र अन्तिममा अफगानिस्तान रहेकाे छ ।  

पासपाेर्ट कमजोर सूचीमा नेपालसँगै बंगलादेश, इरिट्रिया, प्यालेनस्टीयान टेरोटेरी, उत्तर कोरिया, सुडान र श्रीलंका रहेका छन् । दक्षिण एसियाली मुलुकमध्ये भुटान ८४औँ, भारत ७७औँ र माल्दिभ्स सबैभन्दा माथि ५३औँ स्थानमा रहेको छ ।

शक्तिशाली पासपाेर्ट नम्बर १ मा सिंगापुर, दोस्रोमा जापान र दक्षिण कोरिया, तेस्रोमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली र स्पेन रहेका छन् । चौथोमा अष्ट्रिया, बेल्जियम, लक्म्जमबर्ग, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल र स्विडेन रहेका छन् ।

शक्तिशाली पासपाेर्ट पाँचौँमा ग्रिस, न्युजील्यान्ड, स्वीट्रजरल्यान्ड, छैटौँमा बेलायत, सातौँमा अष्ट्रेलिया, चेकिया, हंगेरी, माल्टा र पोल्यान्ड रहेका छन् । आठौँमा क्यानडा, इस्टोनिया, संयुक्त अरब इमिरेट्स, नवौँमा क्रोएसिया, लेटभिया, स्लोभाकिया र स्लोभेनिया र दसौंमा आइसल्यान्ड, लिथुनिया र अमेरिका रहेका छन् ।

यसअघि पनि नेपालको पासपोर्ट कमजोर सूचीमा परेको थियो भने द हेन्ली पासपोर्ट इन्डेक्समा नेपालको पासपोर्ट निरन्तर कमजोर सूचीमा पर्दै आएको छ ।