
वैदेशिक रोजगार ऐन २०६४ अनुसार दुई वर्षसम्म लगातार वार्षिक १ सय कामदार विदेश पठाउन नसक्ने ३ सय २६ म्यानपावर कम्पनीको इजाजत पत्र रद्द गरिएकाे छ । वार्षिक १ सय कामदार विदेश नपठाउने ३ सय २६ म्यानपावर कम्पनीको इजाजत पत्र रद्द गरिएकाे हाे ।
गत आर्थिक वर्ष २०८१/८२ मा १ सय कामदार पनि पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत पत्र निलम्बनमा परेको वैदेशिक रोजगार विभागले जनाएकाे छ । विभागका अनुसार वैदेशिक रोजगार ऐन २०६४ मा दुई वर्षसम्म लगातार वार्षिक १ सय कामदार पठाउन नसक्ने म्यानपावर व्यवसायीको इजाजत पत्र रद्द गरिने व्यवस्था रहेकाे छ ।
२०७५ चैत्र १९ गते वैदेशिक रोजगार ऐन संशोधन गर्दै लगातार दुई वर्षसम्म वार्षिक १ सय पनि श्रमिक पठाउन नसक्ने म्यानपावरको इजाजत पत्र रद्द गर्ने व्यवस्था गरिएको थियो । उक्त व्यवस्थ हटाउनु पर्ने माग गर्दै म्यानपावर व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।
वैदेशिक रोजगार विभागका अनुसार अहिले ऐन अनुसार नै ३ सय २६ म्यानपावर कम्पनीको इजाजत पत्र रद्दको अवस्थामा पुगेको बताइएको छ । अव उक्त म्यनपावर कम्पनिहरूले इजाजत पत्र नवीकरणका लागि बाधा अड्काउ फुकाउ मार्फत निर्णय गर्नुपर्ने पनि विभागले जनाएकाे छ ।