Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आधा दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

१० शुक्रबार , श्रावण २०८२८ महिना अगाडि

आधा दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

आधा दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालाेसूचीमा राखेकाे छ । कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसकाे आधारमा कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम तीन वर्षदेखि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख गरेकाे छ ।

कार्यालयले तीन वर्षदेखि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको ती कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद कार्यक्रममा सहभागी हुन पाउने छैनन् ।