Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

मनसुनी वायुको प्रभाव कमजोर भएपनि केही स्थानमा भारी वर्षा

१२ आइतबार , श्रावण २०८२२ महिना अगाडि

मनसुनी वायुको प्रभाव कमजोर भएपनि केही स्थानमा भारी वर्षा

अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेपनि केही प्रदेशहरूमा भारी वर्षाको सम्भावना कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा आफ्नो सामान्य स्थानको वरिपरि अवस्थित रहेकाले देशका अधिकांश भूभागमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहने र देशका पहाडी भूभागका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकाे छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाकाे अनुमान रहेकाे छ । त्यसैगरी मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको छ भने देशभरको मौसम सामान्यतया बदली रहनेछ ।

आज राति देशभर मौसम सामान्यतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।

भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले सबैलाई अनुरोध गरेको छ ।