Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सहायक हवल्दारसहित २२ प्रहरी सम्पर्कविहीन

१२ आइतबार , श्रावण २०८२२ महिना अगाडि

सहायक हवल्दारसहित २२ प्रहरी सम्पर्कविहीन

नेपाल प्रहरीका तीन सहायक हवल्दारसहित २२ जना प्रहरी सम्पर्कविहीन भएका छन् । आफूखुशी सम्पर्कविहीन भएकाहरूलाई सम्पर्क आउन सूचना जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेर वैशाख, जेठ र असार महिनादेखि आफूखुशी गैरहाजिर भएकाहरूलाई सम्पर्क आउन सूचना गरेको हाे । प्रधान कार्यालयका अनुसार तीन जना प्रहरी सहायक हवल्दार, एक जना प्राविधिक प्रहरी सहायक हवल्दार, १३ जना प्रहरी जवान, तीन जना प्राविधिक प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी गैरहाजिर रहेको जनाएको छ ।

सहायक हवलदारहरूमा विवेक साउद, देवकी थापा र प्रकाश थारू जेठको विभिन्न मितिदेखि सम्पर्कविहीन भएकाे बताइएकाे छ । उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनिहरूलाई गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित सात दिनभित्र उपस्थित नभए प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।