Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

१२ आइतबार , श्रावण २०८२३ महिना अगाडि

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पुरुष पक्राउ परेका छन् । नवलपरासी पश्चिमका ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रतापपुर गाउँपालिका-९ माधवपुर बस्ने ४५ वर्षीय रामसहरे यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेकाे बताइएकाे छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार पक्राउ परेका यादव माथि घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।