Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सुक्खा पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

१२ आइतबार , श्रावण २०८२२ महिना अगाडि

सुक्खा पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीबाट पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको हाे ।  

म्याग्दी जिल्लाको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । बिहान पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउने प्रयास भइरहेकाे प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जनाएका छन् ।

अहिले सडक विभागको उपकरण परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेकाे बताइएकाे छ भने सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क टुटेको छ । यता प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा समेत बन्द रहेकाे छ ।

पहिराे र हवाई सेवा बन्द हुँदा स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित हुनुका साथै मुस्ताङतर्फ जानेहरू म्याग्दीको काभ्रे र मुस्ताङ हुँदै म्याग्दीतर्फ आउनेहरू घाँसामा रोकिएकाे प्रहरीले जनाएकाे छ ।