
काठमाडौं महानगरपालिका–२८, कमलादीमा सञ्चालित युनिग्लोब सेकेण्डरी स्कुल तथा कलेज कारबाहीमा परेको छ । विद्यार्थी भर्नाका नाममा अवैध रुपमा शुल्क असुलेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो ।
विभागका अनुसार विद्यालयलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना तिराइएको छ । साथै, तीन दिनभित्र व्यवसायसम्बन्धी सम्पूर्ण कागजातसहित उपस्थित हुनसमेत भनिएको छ । विभागले काठमाडौं–१६, मा सञ्चालित प्रेसिडेन्सियल अब्रोड एकेडेमी प्रालिलाई पनि कारबाही गरेको छ ।
दर्ता नै नगरी कन्सलट्रेन्सी चलाइरहेको भेटिएपछि विभागले एक लाख रुपैयाँ जरिवाना तिराएको हो । कन्सलट्रेन्सीलाई पनि तीन दिनभित्र सम्बन्धित कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ ।