
अहिले काठमाडाैँ उपत्यका लगायत देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभावका कारण मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले अहिले हल्कादेखि मध्यम वर्षा भइरहेकाे हाे ।
अहिले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसाे देशभरकाे माैसम साधारणतया बदली रहने बताइएकाे छ ।
त्यस्तै दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।
त्यसैगरि आज राति गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको हुने अन्य एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाकाे भनाइ रहेकाे छ ।