Advertisement Banner
Advertisement Banner

१७ शुक्रबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

बोल बम यात्राका लागि सुन्दरीजलमा भक्तजनकाे भिड

१३ सोमबार , श्रावण २०८२४ दिन अगाडि

बोल बम यात्राका लागि सुन्दरीजलमा भक्तजनकाे भिड

काठमाडाैँकाे सुन्दरीजलमा बोल बम यात्रा गर्नका लगि भक्तजनकाे भिड लागेकाे छ । साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्नका लागि हजारौँ भक्तजन सुन्दरीजलमा भेला भएका हुन् ।

हरेक वर्ष झैं यसवर्ष पनि बोल बम यात्रा गर्न भक्तजनहरू सुन्दरीजल पुगेका हुन् । साउन महिनाको सोमबार बागमती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर त्यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने परम्पर रहेकाे छ ।

झण्डै १० हजार बढी भक्तजनको उपस्थितिमा भइरहेकाे आजको बोल बम यात्राको आयोजना बोल बम काँरिया संघ र सनातन युवा मञ्च नेपालले गरेका हुन् । यता साउनको सोमबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनका लागि आज बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएकाे पशुपति क्षेत्र विकास कोषले जनाएकाे छ ।