Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन र सर्पदंश विरुद्धको औषधि पठाइयाे

१३ सोमबार , श्रावण २०८२एक बर्ष अगाडि

सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन र सर्पदंश विरुद्धको औषधि पठाइयाे

स्वास्थ्य सेवा विभागले देशका सातैवटा प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन पठाएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य सेवा विभागले रेविज विरुद्धको भ्याक्सिन पठाएकाे हाे ।

त्यसैगरि विभागले रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको बताइएकाे छ । यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्नेगरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको विभाग अन्तर्गतका व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजङ्ग रायमाझीले जनाएका छन् ।

देशका विभिन्न भागमा रेविज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आए लगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुनेगरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएका थिए । 

मन्त्री पौडेलले आपूर्ति अवस्था बढाएर तथा भावी दिनमा अभाव हुन नदिनेगरी आवश्यक सबै उपाय अपनाउन दिर्नेशन दिएसँगै स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरूमा दुवै प्रकारका औषधि आपूर्ति गरेको हो ।

विभागले रेविज विरुद्ध उपयोग हुने ५१ हजार १ सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको बताउँदै सर्पदंश विरुद्धको पनि १ हजार भायल भेनम आपूर्ति भएको बताएकाे छ । जसमा बागमतीमा १० हजार ८० भायल रेविज विरुद्धको खोप आपूर्ति भएको छ भने मधेस प्रदेशमा सर्पदंश विरुद्धको भेनम सबैभन्दा बढी २ हजार ५ सय तथा रेविज विरुद्धको खोप करिब ५ हजार भायल आर्पूति गरिएको छ ।

मागका आधारमा अन्य प्रदेशमा भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनाएका छन् । विभागले अहिले आपूर्ति भएका अतिरिक्त २ महिनाभित्र हालको आपूर्तिको ४ गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको बताइएको छ ।