Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

सुन्दरीजलकाे खाेलामा फसेकाकाे सकुशल उद्धार

१३ सोमबार , श्रावण २०८२एक बर्ष अगाडि

सुन्दरीजलकाे खाेलामा फसेकाकाे सकुशल उद्धार

काठमाडौंको गाेकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलकाे सुन्दरीमाई मन्दिर नजिकैकाे खोलामा फसेका पाँचजनाकाे सकुशल उद्धार गरिएकाे छ । 

चार भारतीय र एक नेपाली नागरिक खोलामा नुहाउने क्रममा खोलाको बहाव अचानक बढेपछि बीचमै फसेका उनिहरूकाे नेपाली सेनाले सकुशल उद्धार गरेको हाे ।

गोकर्णेश्वर नगरपालिका-१, मा पर्ने उक्त स्थानमा चार भारतीय र एक नेपाली नागरिक खोलामा नुहाउने क्रममा बीचमै फसेका थिए । 

घटनापछि नेपाली सेनाको चन्दननाथ गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा उनीहरूको सकुशल उद्धार गरेको बताइएकाे छ ।