
पूर्व राष्ट्रपति विद्या भण्डारीले राज्यसुविधा त्यागेर एमालेको सकृय राजनीतिमा आउने निर्णय गरेपछि आन्तरिक संघर्ष चुलिएको छ । एमालेको केन्द्रीय समिितले पूर्वराष्ट्रपति भण्डारीलाई सकृय राजनीतिमा आउन बन्देज लगाएको छ । पूर्वराष्ट्रपतिले पत्रकार सम्मेलन गरेर इटाको जवाफ पत्थरले दिएपछि अब एमालेको राजनीति कसरी अघि बढ्छ ? भन्ने जिज्ञासा बढेर गएको छ ।
एमालेका नेता कार्यकर्तामा ध्रुविकरण बढेर गएको छ । दुबैथरिले आआफ्ना नकिटस्थहरूसँग छलफल अघि बढाएका छन् । जसरी पनि तेस्रो कार्यकालका लागि पार्टीको नेतृत्व गर्न कस्सिएका केपी ओली राजनीतिमा सातिर खेलाडी मानिन्छन् । यसकारण त व्यापक दबाबका बीच पनि साझेदार कांग्रेस सभापतिलाई आफ्ना पक्षमा पहाड बनाएर उभ्याइरहन सफल भएका छन् ।
प्रम तथा पार्टी अध्यक्षले गत शनिवारदेखि निरन्तर सातै प्रदेशका पार्टी इन्चार्जहरूलाई विद्या भण्डारीका लागि पार्टीपंक्तिमा कुनै स्थानमा नराख्न, नदिन फर्मान जारी गरिरहेका छन् । विद्या भण्डारी भने ‘मदन भण्डारी फाउण्डेशन’बाट सक्रिय हुने प्रयासमा छिन् । विद्याको यो प्रयासलाई ओलीले हावाको झोक्का हो, आउँछ जान्छ भनेर गिल्ला गर्नसमेत भ्याएका छन् । कार्यकर्तालाई यो सामान्य हो, समयक्रममा आफै समाधान भएर जाने ओलीको निष्कर्ष रहेको देखिन्छ ।
विद्या भण्डारीले पार्टी नेतृत्वले आफूमाथि अन्याय गरेको आरोप लगाएकी छिन् । तर ओली पक्षकाहरूले विद्याको आर्तनाद सुनेका छैनन् । विद्या भण्डारीले जबरजस्त बिद्रोह गर्न सक्ने अथवा पार्टी नै फुटाउन सक्ने देखिदैन । खासगरीचीन भ्रमणबाट फर्केपछि कम्युनिष्ट एकता गर्न अग्रसर भएकी विद्या भण्डारीको प्रयासलाई दक्षिणी छिमेकीले ओलीलाई हात लिदै असफल पार्न खोजेको भनिदैछ ।
ाने घोषणा गर्नुभएको थियो । भण्डारीको यो अभियानलाई रोक्न पनि संस्थापन पक्षले अवरोध खडा गर्ने तयारी गरिरहेको छ । संस्थापन पक्षले महासचिव शंकर पोखरेलको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिनहुँ छलफल गरिरहेको स्रोतको भनाइ छ । संस्थापन पक्षले भण्डारीले आयोजना गर्ने कुनै पनि कार्यक्रममा कार्यकर्तालाई नजान र प्रतिवाद गर्न निर्देशन दिएको छ ।
यद्यपि विद्याले आप्mनो निवासमा कसरी अघि बढ्ने भनेर बैठक गरिरहेकी छिन् । त्यति हुँदा पनि भारत नै सकृय भएको हो भने ओलीविरूद्ध अघि सर्न विद्यालाई सफलता मिल्ने देखिदैन । यसैवीच एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको टिप्पणी गरिसकेका छन् । अध्यक्ष ओलीले आफूविरूद्ध लाग्नेलाई निलम्बन गर्दै अघि बढ्नुले एमालेभित्र द्वन्द्व बढाएको छ ।