
आज बिहान नारायणी नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् । चितवन र नवलपुर पूर्व जोड्ने नारायणी नदीको पुलबाट हाम फालेका झण्डै २० वर्षका एक युवक बेपत्ता भएका हुन् ।
युवक चिनवनस्थित नारायणी नदीमा फालेकाे जानकारी पाएपछि त्यहाँ पुगेको प्रहरीले उनको खोजी गरिरहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एसपी यादव ढकालले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार बेपत्ता युवकको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । बेपत्ता युवाको खोजीका लागि १७ नम्बर गणको आईआरटी पोस्टबाट ७ जनाको टोली परिचालन भएकाे बताइएकाे छ ।