Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

नोभाको औषधि बजारमा प्रतिबन्धित

१४ मंगलबार , श्रावण २०८२एक बर्ष अगाडि

नोभाको औषधि बजारमा प्रतिबन्धित

धादिङको नोभा जेनेटिकाद्धारा उत्पादित औषधिमाथि प्रतिबन्ध लगाइएको छ । बजार अनुगमनका क्रममा गुणस्तरहीन भेटिएपछि औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको हो ।

विभागका अनुसार नोभाद्धारा उत्पादित ब्याच नम्बर एचएल ५–७७ रहेको क्लेरिथ्रोमाइसिन ट्याब्लेट न्यून गुणस्तरको पाइएको छ । औषधि ऐन, २०३५ को दफा १४ बमोजिम त्यसको किनबेचमा रोक लगाएको विभागले जनाएको छ ।

साथै, उक्त औषधि बजारबाट तुरुन्त फिर्ता लैजान र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुलाई निर्देशनसमेत दिइएको छ । विभागले आम सर्वसाधारण तथा व्यवसायीलाई पनि सो औषधीको प्रयोग तथा बेचबिखन, सिफारिस नगर्न अनुरोध गरेको छ ।