
इराकस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा तैनाथ नेपाली शान्ति सैनिक टोली स्वदेश फर्किएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ त्यहाँ तैनाथ २७ जनाको अन्तिम टोली गएराति काठमाडौं आइपुगेको हो ।
प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा उनीहरु स्वदेश फर्किएको सेनाको जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आउँदो पुस १६ गतेसम्म इराक मिसन बन्द गर्ने संयुक्त राष्ट्रसंघको योजनाअनुसार उनीहरु नेपाल फिर्ता भएका हुन् ।
योसँगै उक्त मिसनबाट गत असार २४ गतेपश्चात् विभिन्न चार वटा व्यवसायिक उडानमार्फत मिसनमा तैनाथ सबै नेपाली सैनिक फिर्ता भएको निर्देशनालयले जानकारी दिएको छ ।