Advertisement Banner
Advertisement Banner

१७ शुक्रबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

प्रहरीको आकस्मिक सेवा चार घण्टा अवरुद्ध

१५ बुधबार , श्रावण २०८२२ दिन अगाडि

प्रहरीको आकस्मिक सेवा चार घण्टा अवरुद्ध

आज काठमाडौँ जिल्लामा नेपाल प्रहरीको आकस्मिक सेवा नम्बर १०० चार घण्टाका लागि अवरुद्ध हुने भएको छ । आकस्मिक सेवा नम्बर १०० बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार घण्टाका लागि अवरुद्ध हुने भएको हाे ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एक सूचना जारी गर्दै आकस्मिक नम्बर १०० मा फोन नलाग्ने जानकारी दिएको हो । उपत्यका प्रहरी कार्यालयका अनुसार भद्रकालीमा रहेको नव–निर्मित प्रहरी परिचालन कक्षको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले चार घण्टा सेवा अवरुद्ध हुने बताइएकाे छ ।

उक्त सेवा अवरुद्ध हुने अवधिमा कुनै पनि आकस्मिक घटना, सूचना वा सहयोगका लागि प्रहरीले वैकल्पिक सम्पर्क नम्बरहरू उपलब्ध गराएको बताइएकाे छ ।