
सिराहाकाे लहानमा मापदण्डविपरीत सञ्चालन गरिएकाे पिउने पानी प्रशोधन उद्योगलाइ कारबाही गरिएकाे छ । मापदण्डविपरीत सञ्चालन भएका पानी प्रशोधन उद्योगलाइ कारबाही गरिएकाे हाे ।
इलाका प्रशासन कार्यालयको नेतृत्वमा भएको संयुक्त अनुगमनबाट चारवटा उद्योगलाई ५ हजारका दरले जरिवाना सहित कारबाही गरिएको हो । कारबाही गरिएको उद्योगहरूमा लहान-१ स्थित ‘सीता मिनीरल वाटर इन्डष्ट्री’ तथा ‘फ्रेण्डस इन्टरनेसनल नेपाल’, लहान-३ को ‘केबी एण्ड सन्स नेपाल’ र धनगढीमाई-१० को ‘केएल मिनीरल वाटर’लाई कारबाही गरिएको थियाे ।
इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार संयुक्त अनुगमन टोलीमा लहान नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी रहेका थिए ।