Advertisement Banner
Advertisement Banner

१७ शुक्रबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

नवलपरासीको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी

१५ बुधबार , श्रावण २०८२२ दिन अगाडि

नवलपरासीको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–११, हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी भएको छ । रिसोर्टमा आज बिहान आगलागी हुँदा रिसोर्टको मुख्य हल तथा रिसेप्सन पूर्ण रुपमा जलेर नष्ट भएकाे छ ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको जिल्लाकै सबैभन्दा सुविधासम्पन्न र अत्याधुनिक मानिने बगैंचा एडभेन्चर रिसोर्टमा काठको संरचना धेरै भएकोले आगो चाँडै फैलिएको बताइएकाे छ । काठैकाठले बनेको मुख्य हलबाट आगोको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेकाे र तत्कालै दमकल बोलाएर आगो निभाउने प्रयास भएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाबाट आएका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको अथक प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियाे ।

आगलागीबाट करिब ५०० जना अट्ने क्षमताको मुख्य हल र रिसेप्सन जलेर खरानी भएको छ भने क्षतिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।