
केहि दिनदेखिकाे लगातार वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । कालीगण्डकी नदीमा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्लामा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो ।
नदीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका हुन् ।
त्यस्तै कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा परेकाे बताइएकाे छ । बहाबले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ ।
आज विहान पानीके बहाब ७.४० सेन्टिमिटर उचाइको विन्दुसम्म पुगेको थियो । अहिले वर्षा रोकिएकाले बहाब घट्दै जाने सम्भावना रहेको बताइएकाे छ ।