Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध

१९ आइतबार , श्रावण २०८२एक बर्ष अगाडि

पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध

पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ । राप्ती राजमार्ग अन्तर्गत कपुरकोट-सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका-३, चोरखोलामा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो ।

निरंताको वर्षा र त्यसपछि वर्षासँगै आएको पहिराेले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । आज बिहान करिब पौने १० बजे सडक माथिबाट आएको पहिरोले सडक पुरिदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बताइएको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएपछी यातायातका साधन बिच बाटोमा अलपत्र परेका छन् भने साना सवारी साधन वैकल्पिक बाटो मार्फत गन्तव्य तर्फ लागे पनि ठूला सवारी साधन भने बिच बाटोमा नै अलपत्र रहेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जनाएका छन् ।

अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।