Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सुन तोलामा ३४ सय रुपैयाँले बढ्यो

१९ आइतबार , श्रावण २०८२एक महिना अगाडि

सुन तोलामा ३४ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुनको भाउ तोलामा ३४ सय रुपैयाँले बढेको छ । सुनको मूल्य बढेसंगै आज नेपाली बजारमा सुनको मूल्य प्रति तोला १ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबार प्रति तोला १ लाख ९३ हजार १०० रुपौयाँमा कारोबार भएको थियो । आज आइतबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रति तोला २ हजार २ सय ५० रुपैयाँमा कायम गरिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी २ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

आजको मूल्यअनुसार दश ग्राम सुनको मूल्य १ लाख ६८ हजार ४ सय ७० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय २९ रुपैयाँ तोकिएको छ ।