
राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको छ । उक्त व्यवस्था भएसंगै व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले राहत पाउने भएका छन् ।
यसअघि राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन मिल्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पनि २०७६ सालभन्दा पछि जन्मिएका बालबालिकाको हकमा मात्रै लागू गरिएको थियो ।
उक्त व्यवस्था पनि २०७६ सालभन्दा पछि जन्मिएका बालबालिकाको हकमा मात्रै लागू हुँदा जन्म दर्ता गरेर पनि त्यसपछिका कागजपत्र नबनाइदिनेहरूका सन्तानले दु:ख भोग्दै आएका थिए । सोहि समस्यालाई समाधान गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो भने उक्त संशोधित ऐनअनुसार अब एकपटकका लागि त्यो मौका मिलेको हो ।
जसअनुसार कुनै व्यक्तिगत घटना दर्ताको विवरणमा उल्लेखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनुपरेमा सम्बन्धित व्यक्तिले एकपटक स्थानीय पञ्जाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्ने बताइएको छ । जसका लागि अब गृह मन्त्रालयले ढाँचासहितको नियमावली तयार पारेपछि सोहीअनुसार स्थानीय तहमा निवेदन दिन सकिने छ ।