
राष्ट्रिय युवा परिषद्ले रोजगारी तथा स्वरोजगारका लागि ‘रोजगारी र सीप विकास तालिमका क्षेत्र, माग र आवश्यकता पहिचान’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको छ । परिषद्ले रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो ।
परिषद्ले आ.व. २०८२/८३ अन्तर्गत परिषद्को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सिप मेला र सिप विकास तालिम कार्यक्रमलाई प्रभावकारी बनाउनाका लागि कार्यक्रम आयोजना गर्न लागेको र कार्यक्रम आज युवा तथा खेलकुद मन्त्रालयमा आयोजना हुने बताइएको छ ।
परिषद्का अनुसार, तालिम कार्यक्रमलाई रोजगारीको क्षेत्र, वास्तविक माग तथा आवश्यकता पहिचान गरी, प्रशिक्षित युवाहरुलाई तत्काल काममा जोड्ने लक्ष्यसहित कार्यक्रममा विभिन्न मन्त्रालय, सरकारी निकाय, कार्यालय र विभागहरुसँग समन्वय, सहकार्य र साझेदारीका लागि राय, सल्लाह र सुझाव लिने उद्देश्य राखिएको छ ।