Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

साउनकाे तेश्राे साेमबार पनि शिवालयहरूमा श्रद्धालुको घुइँचो

२० सोमबार , श्रावण २०८२एक महिना अगाडि

साउनकाे तेश्राे साेमबार पनि शिवालयहरूमा श्रद्धालुको घुइँचो

आज साउन महिनाकाे ताश्राे साेमबार पनि देशभरका शिवालयहरूमा श्रद्धालुको घुइँचो लागेकाे छ । काठमाडाैँकाे पशुपतिनाथलगायत देशभरका शिवालयमा श्रद्धालुको घुइँचो लागेकाे हाे ।

साउनको महिनाकाे हरेक सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा श्रद्धालुको घुइँचो लाग्ने गर्दछ । धार्मिक परम्परा अनुसार साउनको सोमबार उपवास बसी भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा रहेकाे छ ।

साउने सोमबार विधिपूर्वक शिवको आराधना गर्दा परिवारमा सुख शान्ति र समृद्धि आउने विश्वास रहेकाले पनि साउन महिनामा शुद्ध साकाहारी खाना खाएर उपवास बसी भगवान शिवकाे पूजाआराधना  गर्ने गरिएकाे पाइन्छ ।

त्यसैगरि सोमबारकाे पूजाआराधनाका लागि पशुपतिकाे चारै ढोका बिहान ३ बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ । यसअघिकाे साेमबार पनि बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरकाे चारै ढोका भक्तजनका लागि खुला गरिएको थियाे ।

त्यस्तै पशुपति क्षेत्र विकास कोषले यस वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन गर्न आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ । जसअनुसार साउन महिनाकाे सबै सोमबार चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई निःशुल्क सेवा दिने बताइएकाे छ ।