Advertisement Banner
Advertisement Banner

२५ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

ईपीएस भाषा परीक्षा साउन २६ गतेबाट खुल्ने

२० सोमबार , श्रावण २०८२३ महिना अगाडि

ईपीएस भाषा परीक्षा साउन २६ गतेबाट खुल्ने

वैदेशिक राेजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारकाे लागि ईपीएस भाषा परीक्षा साउन २६ गतेबाट खुल्ने भएको छ । दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले वेबसाइटमार्फत उक्त जानकारी दिएको हो ।

मानव संसाधन विकास सेवाका अनुसार साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने बताइएकाे छ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो ।

कोरियाली सरकारसँग गरेकाे समझदारी अनुसार सन् २००८ बाट दक्षिण कोरियाले नेपाली कामदार लैजान सुरू गरेकाे र हाल उक्त क्रम जारी रहेकाे छ ।