Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

तिर्थालु बाेकेकाे गाडी जयरामघाटमा भिरबाट खस्याे

२० सोमबार , श्रावण २०८२एक महिना अगाडि

तिर्थालु  बाेकेकाे गाडी जयरामघाटमा भिरबाट खस्याे

खोटाङको हलेसी मन्दिरकाे दर्शन गरेर फर्केकाे तिर्थालु  बाेकेकाे गाडी जयरामघाटमा भिरबाट खसेर दर्घटना भएकाे छ । हलेसीबाट फर्किँदै गरेको गाडी आज बिहान जयरामघाटमा दुर्घटना भएको हाे ।

दुर्घटनामा परेकाे विङ्गर गाडी सिराहाबाट रिजर्भ लिएर हलेसी गएको र मन्दिरकाे दर्शन गरेर १८ जना तिर्थालु बाेकेर फर्किँदै गर्दा दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार गाडी भिरबाट करिब डेढसय मिटरतल खसेर दुर्घटना भएको हो ।

दुर्घटना पछि प्रहरीले सबै यात्रुलाई उद्धार गरी घुर्मी अस्पताल पुर्‍याएको छ भने घाइते मध्ये १२ जनाको अवस्था गभ्भीर रहेकोले बताइएकाे छ । त्यहाँ एम्बुलेन्स सेवा नभएकोले घाइतेलाई प्रहरीको गाडीमा हालेर अस्पतालसम्म पुर्‍याउने काम भइरहेकाे छ भने दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।