
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत वैशाख २१ गतेदेखि सञ्चलन गरेकाे कक्षा १२ को परीक्षाकाे नतिजा सार्वजनिक गरेको हाे ।
बोर्डले सार्वजनिक गरेकाे नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएको जनाइएको छ ।
गत वैशाख बोर्डले गतेका लागि तय भएको परीक्षा शिक्षक आन्दोलनका कारण वैशाख २१ गतेदेखि सुरू भएको थियो । यसवर्षकाे परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।