Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नेकपा स भित्र मारामार

२१ मंगलबार , श्रावण २०८२एक महिना अगाडि

नेकपा स भित्र मारामार

नेकपा स का अध्यक्ष माधव नेपालले झलनाथ खनाललाई पार्टी छोडेर गए हुन्छ भनेपछि झलनाथ खनालले माधव नेपालमाथि असक्षम भन्दै पार्टी चलाउन नसके राजीनामा दिए हुन्छ भन्ने जवाफ फर्काएका छन् । एक त माधव नेपालमाथि भ्रष्टाचारको मुद्दा लागेको छ । उनले आफै मुद्दा किनारा नलागेसम्म अलग बसे हुनेथियो, त्यसमाथि यी दुबै पूर्वपधानमन्त्रीहरूवीच कुकुर बिरालाको जस्तो झगडाले राजनीतिलाई तताएको छ । स्मरणीय के छ भने यी दुबै नेता एमालेका पुराना नेता हुन् र दुबैले एमालेमा बिद्रोह गरेर नयाँ पार्टी गठन गरेका हुन् ।
यता माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकीकरण गर्न तारन्तार माधव नेपालसँग वार्ता गरिरहेको र भर्खर पार्टी प्रवेश गरेका पुराना अर्का एमाले नेता वामदेव गौतमले पनि संगठन विभाग नपाएकाले अध्यक्ष माधवकुमार नेपालसँग मत बझाएका छन् । १० सांसद रहेको यो पार्टी राष्ट्रिय पार्टी बन्न सकेन तर झगडा र द्वन्द्व भने राष्ट्रिय स्तरमै चर्केको सुनिन्छ । झलनाथ खनालले राजीनामा दिने कल्पना पनि गर्न सक्दिन भनेका छन्, वामदेव संगठन विभाग चाहियो भनिरहेका छन्, सांसदहरू अनियन्त्रित भूमिकामा छन् । नेकपा स को दृश्य हिन्दी फिल्मको डायलग ‘अब तेरा क्या होगा रे कालिया ?’ भनेजस्तो देखिन्छ ।

राजनीतिक विश्लेषकहरू नेकपा स को भविष्य अन्धकार बताउँछन् ।