Advertisement Banner
Advertisement Banner

२५ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

अमेरिका पठाइदिन्छु भनि ९ लाख लिएर फरार महिला पक्राउ

२१ मंगलबार , श्रावण २०८२३ महिना अगाडि

अमेरिका पठाइदिन्छु भनि ९ लाख लिएर फरार महिला पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै १ जनाबाट ९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकि एकजना महिला पक्राउ परेकी छन् । अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बाग्लुङ घर भइ हाल ललितपुरमा बस्दै आएकि ४८ वर्षीया मिना कुँवर पक्राउ परेकी हुन् ।

मीनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब सहित अमेरिका पठाइदिन्छु भन्दै १ जनाबाट ९ लाख रुपैयाँ ठगी गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सोमवार ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।

उनले १ जनाबाट ९ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । हाल प्रहरीले नियन्त्रणमा लिइ उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।