Advertisement Banner
Advertisement Banner

२५ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

घुससहित समातिएका कार्यालय सहयोगीविरुद्ध मुद्दा दर्ता

२२ बुधबार , श्रावण २०८२३ महिना अगाडि

घुससहित समातिएका कार्यालय सहयोगीविरुद्ध मुद्दा दर्ता

घुससहित समातिएका यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीमा कार्यरत करार कार्यालय सहयोगी दिपक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो । गत असार ३१ गते आयोगको पोखराबाट खटिएको टोलीले पौडेललाई सात हजार रुपैयाँ घुससहित समातेको हो ।

अनुसन्धानको क्रममा उनले लाइसेन्सको लिखित परीक्षा र ट्रायल पास गराइदिने भनि घुस लिएको खुलेको अख्तियारको ठहर छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम सात हजार रुपैयाँ बिगो कायम गर्दै उनलाई कैद र जरिवाना सजाय हुन माग गरेको छ ।