Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

एनएमबि बैंकद्वारा नेपाल प्रहरीलाई आकस्मिक उद्धार सामग्री हस्तान्तरण

२३ बिहिबार , श्रावण २०८२८ महिना अगाडि

एनएमबि बैंकद्वारा नेपाल प्रहरीलाई आकस्मिक उद्धार सामग्री हस्तान्तरण

एनएमबि बैंकले नेपाल प्रहरीलाई मनसुनको समयमा देखिने आकस्मिक तथा सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै उद्धार सामग्री हस्तान्तरण गरेको छ । बैंकले विभिन्न आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको हो ।

बैंकले नेपाल प्रहरीलाई १६ वटा सेल्फ-लेभलिङ राफ्ट, लाइफ ज्याकेटसहितका आपतकालीन उद्धार उपकरण रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा हस्तान्तरण गरेको हो ।एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द भट्टले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई उक्त सामग्री हस्तान्तरण गरेको बताइएको छ ।

बैंकको तर्फबाट राफ्ट र लाइफ ज्याकेटसहितका बाढी, डुबान र जलजन्य विपद् व्यवस्थापनमा प्रयोग हुने अन्य अत्यावश्यक उपकरण हस्तान्तरण गरेको हो । सहयोगबाट प्रहरीको उद्धार क्षमतामा सघाउ पुग्ने अपेक्षा गरिएको छ । बैंकले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनलगायत सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।

बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गरिरहेको बताउदै कार्यकारी अधिकृत भट्टले यस्ता पहलबाट समुदायप्रति आफ्नो प्रतिबद्धता झल्किएको विश्वास व्यक्त गरेका छन् ।