Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

सांगीतिक चेतनासहित तीज गीत ‘चेलीको चाड’

२५ शनिबार , श्रावण २०८२एक बर्ष अगाडि

सांगीतिक चेतनासहित तीज गीत ‘चेलीको चाड’

चक्र प्रसाद पोख्रेल----- 
काठमाडौं स् नेपाल सांस्कृतिक महासंघ ललितपुरको प्रस्तुति तथा यल इन्टरटेन्टमेन्ट प्रा।लि। को निर्माणमा तयार पारिएको तीज विशेष गीत ‘चेलीको चाड, नाच्ने हो गाउने हो तिजमा बरिलै’ सोमबार एक भव्य समारोहका बीच सार्वजनिक गरिएको छ।
ललितपुरको कार्यविनायक पार्टी प्यालेस, सैवुमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो। सामाजिक सन्देशसहित तयार पारिएको यस गीतले बुहारीलाई पनि छोरीसरह सम्मान र स्वतन्त्रता दिनुपर्छ भन्ने विषयलाई प्रमुख रूपमा उठान गरेको छ।

बुहारी छोरीकै दर्जामा — गीतको मूल सन्देश
गीतले विशेषगरी विवाहपछि छोरीको रूपमा गएकी बुहारीलाई पुरानै घर फर्कँदा पनि सासू–ससुरा र श्रीमान्ले छोरीसरह व्यवहार गर्नुपर्ने सामाजिक सन्देश दिन खोजेको छ। नेपाली समाजमा प्रचलित “जे भन्यो त्यही मान्नुपर्ने” सोच हटाएर समता, सम्मान र आत्मीयताको भावना उजागर गर्ने उद्देश्यले गीत तयार पारिएको निर्माण पक्षले जनाएको छ।

गीतमा स्वर सुरज अधिकारी, अधिवक्ता अनिल श्रेष्ठ ९निर्जन०, मधु रेग्मी, शशि पुन, शर्मिला ब्रह्मचार्य, र श्रद्धा बज्राचार्यले दिएका छन्।गीतरसंगीतस् सुरज अधिकारी,संगीत संयोजनस् मदन प्रत्यय,रेकर्डिङस् कारण स्टुडियो, सातदोबाटो मिक्स तथा मास्टरिग्  स् अनिल नकर्मी,पोस्ट प्रोडक्सनस् याला मनोरञ्जनले गरेको छ भने गीतको निर्देशन, सम्पादन तथा कोरियोग्राफीको जिम्मेवारी गौतम तण्डुकारले सम्हालेका छन्।