Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

कारागार भित्र कुटाकुट एकको मृत्यु ४८ घाइते

२५ शनिबार , श्रावण २०८२एक महिना अगाडि

कारागार भित्र कुटाकुट एकको मृत्यु ४८ घाइते

कैलालीमा कारागार भित्र कैदीबन्दीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् । उक्त घटनामा घाइते भएकाहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको बताइएकाे छ ।  

कुटाकुट घटनामा मृत्यु भएकाकाे पहिचान खुलाइएको छैन भने सम्बन्धित परिवार र स्थानीय तहसँग समन्वयको प्रयास भइरहेकाे पनि सम्पर्क नभएको कारागार प्रशासनले जनाएको छ । घाइतेमध्ये पाँच जना डिस्चार्ज भएपनि अन्यकाे उपचार भइरहेकाे बताइएकाे छ ।

कारागारमा रहेकाे तीनवटा ब्लक मध्य ए र बी ब्लकका कैदीबन्दीबीच झडप भएको थियाे भने एउटा महिला कैदीबन्दी ब्लक सामान्य रहेकाे छ । टीकापुरको कर्तव्य ज्यान सम्बिन्ध एकै मुद्दाका १८ कैदीलाई अन्यत्रै स्थान्तरणको तयारी भएको बेला उनीहरु एकआपमै कुटाकुटमा उत्रिएकाे कारागार प्रशासक रामकुमार चौधरीले जनाएका छन् ।

कैदी स्थान्तरण गर्दा उनीहरुभित्रै नाईके र भाइनाईके को बन्ने भन्ने विषयामा विवाद भएर झडप भएकाे थियाे भने घटनाबारे थप छानविन भइरहेको बताइएकाे छ । यसअघि पनि उक्त कारगारमा  कैदी स्थान्तरणको विषयलाई लिएर विवाद हुँदा पाँच जना घाइते भएका थिए ।